नुवाकोटको विदुर नगरपालिबाट मोटो रकमसहित दिनेश खड्का लगायत ६ जुवाडे पक्राउ — OSNepal

नुवाकोटको विदुर नगरपालिबाट मोटो रकमसहित दिनेश खड्का लगायत ६ जुवाडे पक्राउ

LC (KTM) July 11, 2021 0

नुवाकोट २७ असार । नुवाकोट जिल्लाको बिदुर नगरपालिका ८ बाट तास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ परेका छन् ।

सोही नगरपालिकाको राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका १३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई हिजो शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा उक्त स्थानमा पुगेको प्रहरीले जुवाडे सहित नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँ बरामत गरेको छ ।

पक्राउ परेकाहरु माथि थप अनुशन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर