२ थान पेस्तोल र १७ थान गोली सहित ३ जना पक्राउ — OSNepal

२ थान पेस्तोल र १७ थान गोली सहित ३ जना पक्राउ

LC (KTM) July 11, 2021 0

सर्लाही २७ असार । जिल्लाको ब्रहमपुरी गाउँपालिका २ स्थित ब्रहमपुरी-मोहनपुर सडक खण्डबाट पेस्तोल तथा गोली सहित प्रहरीले ३ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्रहमपुरी गाउँपालिका ४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेका छन् । विशेष सुचनाको आधारमा बिआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार बोकी भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रदेश २ को प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरी सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले २ थान पेस्तोल र १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल बरामत गरेको छ । पक्राउ परेकाहरुसँग थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर