किन तिमीले मेरो चित्त दुखायौ भन्दै १५ दिनदेखि हराएकी विनाको टिकटक बाहिरियो — OSNepal

किन तिमीले मेरो चित्त दुखायौ भन्दै १५ दिनदेखि हराएकी विनाको टिकटक बाहिरियो

LC (KTM) July 11, 2021 0

काठमाडौं । चितवनकी बिना सापकोटालाई प्रहरीले खोजी जारी राखेको छ । प्रेमीसंग मोटरसाइकलमा संगै निस्केकी विना त्यसपछि घर फर्केर आइनन् । उनका प्रेमीले पनि चौविसकोटीवाट विना कता गइन् आफुलाई थाहा नभएको बताएका छन् ।

उनका प्रेमी भनिएका युवक अहिले पक्राउ परेका छन् । बिनालाई आफ्ना प्रेमी अर्की युवतीसंग पनि नजिकिएका छन् भन्ने आ शंका थियो । यो कुरा अहिले उनका परिवारका सदस्यहरुले भिडियोमा दिएको अभिब्यक्तिवाट पुष्टि हुन्छ ।

अहिले बिनाको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । जसमा उनले दुखी हुँदै भिडियो बनाएकी छन् । प्रेममा विश्वास घा त भएको अभिप्रायका भिडियो उनले टिकटकमा बनाएको देखिन्छ । निकै भावुवक देखिएकी विनाले तिमीले मेरो मन निकै धेरै दुखाएका छौ भन्दै टिकटक बनाएकी छन् । यो टिकटक भिडियोवाट पनि उनी प्रेममा निकै दुखी थिइन् भन्ने अनुमान लगाउन सकिन्छ ।

विनाका आमा लगायत उनका परिवारका सदस्य ति अर्की युवतीको घरमा पनि कुराकानी गर्न गएको अघिल्लो एक भिडियोमा बताएका छन् । उनीहरुले यो घटनामा आफुहरुलाई सामेल नगराउन भनेका छन् । आफ्नो घरमा प्रवेश समेत नदिएको भन्दै विनाको आमाले हामी कुराकानी गर्न आएका हौँ म विनाको आमा हो भनेपछि मात्र आफुहरुलाई घर भित्र प्रवेश गर्न दिएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर