काठमाडाौ, चैत ३ -भारतीय अभिनेत्री तापसी पन्नूले हरेक महिना आफ्नो पोषणविदमा १ लाख भारू खर्च गर्ने बताएकी छन्। भारतीय सञ्जारमाध्यममा अनुसार उनले यो पेसामा लाग्ने धेरै व्यक्तिहरूलाई डाइटिसियनसँग सल्लाह लिनुपर्ने भएकाले आफुले पनि यसमा १ लाख भारू खर्च गर्ने बताएकी छन् ।
उनले भनिन्, ‘मेरो बुवाले डाइटिसियनमा यति धेरै खर्च गर्दा गाली गर्नुहुन्छ। उहाँहरू मलाई क्रान्तिकारी बच्चा जन्मायौँ भन्नुहुन्छ। तर मजस्ता फिल्ममा काम गरिरहेको छु। त्यस हिसाबले मेरो डाइट परिवर्तन भइरहेको हुन्छ।’ हामीलाई कुन चिज ठिक हुन्छ भनेर खान्छौँ। हरेक देश, सहर र मौसममा डाइट परिवर्तन गर्नुपर्छ। त्यसैले डाइटिसियनको आवश्यकता पर्छ त्यसैले खर्च पनि हुन्छ उनले भनिन् ।
उनी अभिनेता शाहरूख खानसँग फिल्म ‘डंकी’ मा देखिँदैछिन्। यो फिल्म २२ डिसेम्बरदेखि प्रदर्शन हुनेछ। योसँगै उनी थ्रिलर फिल्म ‘फिर आई हसीन दिलरूबा’ मा देखिनेछिन्।