राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक छ : नेता गौतम — OSNepal

राष्ट्रियसभाबाट प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक छ : नेता गौतम

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । नेकपा एमालेका नेता बामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक बताएका छन् ।

आज आइतबार राष्ट्रिय सभाको विशेष बैठकमा बोल्दै नेता गौतमले प्रधानमन्त्री चयन गर्न बजेट प्रस्तुत् गर्न राष्ट्रियसभाबाट संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताएका हुन् । “राष्ट्रियसभामा यदि हलले आवश्यकता ठान्छ र मैले भनेको प्रस्ताव मञ्जुर गर्छ भने हामी आज यो पास गरौँ, आगामी आर्थिक वर्षको बजेट वक्तव्य यहीँ आएर अर्थमन्त्रीले प्रस्तुत गर्नुस् । यहाँबाट छलफल गरेर पारित गर्न पाइयोस् ।”

संसद नभएको अवस्थामा सङ्घीय संसद्को अभिन्न अङ्गका रुपमा रहेको राष्ट्रियसभाले सदन बाहिर प्रस्तुत गरेको बजेटलाई किन मान्नुपर्ने ? भन्दै नेता गौतमले प्रश्न गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर