नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई साक्षी राखी गायक सुरेन गौतमले “सधै सधै” बोलको गीत मार्फत इतिहासमाफर्किएर खड्ग शमशेर र तेजकुमारी बिचको अमर प्रेम कथालाई दर्शक र श्रोता समक्ष दमदार रुपमा प्रस्तुत गरेका छन् |
सधै-सधै भन्नेशब्दले नै एउटा अमर प्रेमको कथा बोकेको र त्यो कथा अनुसार एकान्तमा गई चित्र कोरिएको र गाइएको दृश्य आफैमा उत्कृष्ट देखिएकोछ | मिठो संगीत तथा कर्णप्रिय स्वरले सजिएको यो गीतमा पाल्पाको उत्कृष्ट दृश्यावलोकन गर्न पाइन्छ | काली गण्डकीको तिरमा बनेको नेपालको “ताजमहल” उपनामले प्रसिद्ध यो रानीमहल रहेको ऐतिहासिक क्षेत्रमा बनाइएको यो भिडीयोलेधेरैको मन जित्नेमा गायक आशाबादी छन् |
यस गीतमा प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको गीतमा बिशाल पौडेलको संगीत संयोजन रहेको छ ।ऐतिहासिक एबमपर्यटकीयस्थल पाल्पाको रानीमहलमा छायांकन गरिएको गीतको कथा/परिकल्पना संजय गौतमले लेखेका हुन् भने भिडियोलाई गायकसुरेनले नै निर्देशन तथा सम्पादन गरेका हुन् | यस गीतमा सुरज के सी क्यामेरा एबम ड्रोन र बिष्णुहरी तिमिल्सिना कलर ग्रेडीङ रहेको छ |
भिडियोलाई अर्का गायक तुलसी सिवाकोटी ले निर्माण गरेका हुन् । गायक गौतमले यसअघि ‘प्रनभ’ ‘शुभ जीवन गरेर २ वटा सांगीतिकएल्बम बजारमा ल्याएका आइसकेका छन्।यो सधै-सधै” उनको तेश्रो एल्बम “सुर-संगीत” मा समाबेश रहेको गीत हो |