आलिया भट्टको एकदमै प्रतिक्षित फिल्म गंगुबाई काठियावाडी लाई दर्शकले अझै पर्खनु पर्ने भएको छ । फिल्मका निर्देशक संजय लीला भन्सालीले गंगुबाई काठियावाडी लाई थिएटर बाटै रिलीज गर्ने तयारी गरेका हुन् । शुटिंग सकिने बित्तिकै ओटीटी प्लाटफर्ममा रिलीज कुरेर बसेका दर्शक अब थिएटर्स बाटै रिलीज हुने भएपछि निराश बनेका छन् ।
यस प्रोजेक्ट संग निकट एक स्रोतका अनुसार निर्देशक भन्साली प्रोजेक्ट बाट एकदमै खुशी रहेका छन् । गंगुबाई काठियावाडी भिजुअल तथा इमोशनका आधारमा उनको अहिले सम्मकै सबैभन्दा बेस्ट फिल्म रहेको छ । त्यसैले उनले यस फिल्मलाई ओटीटी प्लाटफर्ममा कुनै पनि हालतमा रिलीज नगर्ने पक्षमा रहेका छन् । यो महामारी जतिसुकै लामो रहे पनि सञ्जय बरु पर्खने सुरमै रहेका छन् ।
२ बर्ष लाग्यो फिल्म शुटिंग गर्न
फिल्मको शुटिंग हाल सम्पन्न भएको छ । आलिया भट्टले आफ्नो इन्ष्टाग्राममा टीम संगको फोटो शेयर गरेर यो जानकारी दिएकी थिईन् । उनले लेखेकी थिईन्– हामीले गंगुबाई काठियावाडी को शुटिंग ८ डिसेम्बर २०१९ मा शुरु गरेका थियौ । २ बर्ष पछि हामीले यसलाई पुरा गरेका छौ ।
यस दौरान २ वटा लकडाउन, २ तुफान, निर्देशक तथा कलाकारलाई कोरोना पोजेटिभ हुनु , यी सबैको सामना गर्यौ । गंगुबाई काठियावाडीमा आलिया माफिया क्वीन गंगुबाई को भुमीकामा देखिने छिन् । उनको यो लुक्सले सवत्र्र चर्चा पाएको छ ।