अध्यक्ष प्रचण्ड रहेको माओवादी केन्द्र वैधानिक नै भएको निवार्चन आयोगको ठहर — OSNepal

अध्यक्ष प्रचण्ड रहेको माओवादी केन्द्र वैधानिक नै भएको निवार्चन आयोगको ठहर

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । निवार्चन आयोगले पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रलाई वैधानिक नै भएको ठहर गरेको छ । आज बसेको आयोगको बेठकले माओवादी केन्द्र वैधानिक भएको बताएका हुन् ।

पुर्वमाओवादीका नेता समेत रहेका नेकपा एमालेका रामबहादुर थापा सहितका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको भन्दै तत्काल खारेज गर्नु पर्ने माग सहित आयोगमा निवेदन दर्ता गराएका थिए । आजको बसेको आयोगको बैठकले माओवादी केन्द्र वैधानिकता नै रहेकाले निवेदनलाई खारेज गरिएको आयोगका प्रवक्ता राम कुमार श्रष्ठले जनाएका हुन् । नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरी आयोगमा दर्ता भएको निवेदन खारेज गरिदिएको छ ।

रामबहादुर थापा बादल सहित टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर