बिग बोसका प्रतियोगी शिब ठाकरेले किने यस्तो सुबिधा सम्पन्न कार — OSNepal

बिग बोसका प्रतियोगी शिब ठाकरेले किने यस्तो सुबिधा सम्पन्न कार

LC (KTM) March 16, 2023 0

टिभी रियालिटी शो ‘बिग बोस सिजन १६’ का प्रतियोगी अभिनेता शिव ठाकरेले एउटा लग्जरी कार किनेका छन् । कालो कारसहित शिव ठाकरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिग बोसका खेलाडीले आफ्नो पहिलो कार किनेर फ्यानसँग खुसी बाँडे र यसलाई सपना साकार भएको बताए ।

इन्स्टाग्राममा शिव ठाकरेको तस्बिरहरू छन्, जसमा अभिनेता कार शोरूम बाहिर देखिएका छन्। बिग बोस मराठी २ का बिजेता शिव ठाकरेले कालो रंगको टाटा ह्यारियर कार किनेका छन्, जसको मूल्य करिब ३० लाख छ । इ–टाइम्स को एक रिपोर्ट अनुसार शिवले आफ्नो मेहनतको कमाईबाट यो कार उपहार दिएका हुन्।

कार किन्दा शिव ठाकरे गुलाबी रंगको सूटमा निकै सुन्दर हङ्क अवतारमा देखिएका थिए । यो कार आफ्नो लागि मर्सिडीज नभएपनि यो सधैं अनमोल रहने उनको भनाइ छ । आफ्नो कालो रंगको ह्यारियर कार अनावरण गर्दा, अभिनेताको अनुहारमा खुशी स्पष्ट देखिन्थ्यो। शिवले नयाँ कारको पूजा गर्दै भने, -मेरो पहिलो कार किन्नु मेरो लागि सपना साकार भएको जस्तै हो। शिवले भने कि उनी धेरै खुसी छन् र विश्वास गर्न सक्दैनन् कि उनको कार किन्ने सपना पूरा भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर