कुमार शिवाकोटीको ‘भिजाएर आँशु’ को चर्चा — OSNepal

कुमार शिवाकोटीको ‘भिजाएर आँशु’ को चर्चा

LC (KTM) March 16, 2023 0

काठमाडौँ । भनिन्छ कला र साहित्य सृजना गर्नका लागि भगोलले छेक्दैन । बश इच्छा हुनु पर्यो, समय मिलाउनुपर्यो गीत संगीत र शब्दमा सलल बग्छन् गीतकार । जसमध्येका एक हुन् ह्यारिसबर्क पेन्सिलभेनियामा करिब १ दशकदेखि बस्दै आएका गीतकार कुमार शिवाकोटी । परवासमा रहेर पनि गीत संगीतमा निरन्तर सक्रिय बन्दै आएका गीतकार शिवाकोटीले पछिल्लो पटक बजारमा ल्याएको ‘भिजाएर आँशु’ बोलको गीतको म्युजिक भिडियोले राम्रो चर्चा बटुलीरहेको छ ।

गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको गीतकार कुमारको गीतमा दीपक शर्माले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। सार्वजनिक गीत वास्तविक घटनामा आधारित रहेको गीतकार कुमार बताउँछन् । भन्छन् बाबु आमालाई चित्त दुखेको कुरा छोराले महशुस गरेको र पछुतो भएको कथालाई भिडियोमा देखाइएको छ । जुन निकै वेदना र मर्मस्पशी कथा हो । हाम्रो समाजमा यस्ता कैँयो कथाहरु छन् जसमध्ये यो घटनाले धेरैको मन छुन्छ ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ। भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

२०५८ साल देखि नेपाली संगीतमा सक्रिय गीतकार कुमार सिवाकोटीको शब्दमा हाल १५० बढी गीतहरु सार्वजनिक भैसकेका छन्। विभिन्न व्यवसायमा आबद्द गीतकार कुमारका पत्नि र दुई छोरी छन् । कुमारकी पत्नि यस्ना लुईटेल शिवाकोटी पेशाले व्युटिसियन हुन् । कुमारका दुई छोरीहरु प्रिन्सा र प्रनिकाका साथमा ह्यारिसबर्कमा हाँसी खुशीसाथ बसिरहेका छन् ।

२०१४ देखि अमेरिकामा परिवारसहित रहँदै आएका कुमारको केही समयपछि नेपाल घुम्ने आउने योजना भएको बताउँछन् । यसअघि सिवाकोटीको शब्दमा रहेको ‘जँहा भए नि नेपाली बन्न पाइयोस’ र ‘सानीलाई’ बोलको गीतलाई दर्शक स्रोताले निकै रुचाएका थिए । उनका अहिलेसम्म २ दर्जन बढी गीतहरु आफ्नै शब्दमा रेकर्ड भइसकेका छन् भने जसमध्ये आधा दर्जन उनका शब्दका गीतहरु बजारमा आइसकेका छन् । हेर्नुहोस् सार्वजनिक गीत ‘भिजाएर आँशु’ को भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर