नेपालका भरपर्दा र आशा गरिएका स्पिनर सन्दीप लामिछानेले यूएईका कप्तान मोहम्मद वासिमलाई एलबीडब्लू आउट गरेका छन् । उनी ६३ रन बनाएर आउट भए ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेकाे यूएईका लागि वसीमले ४३ बलमा अर्धशतक बनाएका हुन् । उनी सन्दीप लामिछानेकाे बलमा ४८ बलमा ६३ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म यूएईले १६ ओभर २ बलमा २ विकेट गुमाएरु ९८ रन बनाएकाे छ ।
लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । नेपालका भरपर्दा र आशा गरिएका स्पिनर सन्दीप लामिछानेले यूएईका कप्तान मोहम्मद वासिमलाई एलबीडब्लू आउट गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहँदा कप्तान नै बाहिरिएपछि यूएई थप दबाबमा परेको छ ।
नेपालको प्लेइङ–११
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।