काठमाडौंँ २७ असार । नेकपा एमालेका नेता योगेश भट्टराईले ब्राजिललाई हराउँदै कोपा अमेरिका जितेको अर्जेन्टिनाका मेस्सी र नेयमारले एक अर्कामा अंगालो हालिरहेको दृश्यहरू पोष्ट गर्दै राजनीतिकर्मीहरूले पनि यसबाट सिक्नुपर्ने बताएका छन् ।
नेता भट्टराईले यसलाई प्रतिस्पर्धा र मित्रताको सँगम नै सांचो खेल भएको टिप्पणी समेत गरेका छन् । खेल मैदानमा खाता नै नखोलि घर फर्किएको ब्राजिलका नेयमार र मेस्सीले खेल पछि देखाएको मित्रताको विषयमा नेता भट्टराईले ट्वीटर माफृत यस्तो बताएका हुन् ।
उनले भनेका छन्, प्रतिस्पर्धा र मित्रताको सँगम नै सांचो खेल हो ।
लजालु मेसी र चन्चले नियमार !
राजनीतिकर्मीले पनि सिक्दा हुने दुर्लभ फोटो