लेखनाथमा रिबर बैंक इको रिर्सोट संचालनमा — OSNepal

लेखनाथमा रिबर बैंक इको रिर्सोट संचालनमा

LC (KTM) March 15, 2023 0

पोखरा । लेखनाथमा रिबर बैंक इको रिर्सोट संचालनमा आएको छ । पोखराका युवा व्यवसायी सोसिभ भुर्तेलले उक्त रिर्सोट संचालनमा ल्याएका हुन् । पोखरा देखि २५ मिनेटमा पुगिने रिर्सोट पोखरा २८ स्याङखुदी लेखनाथमा अवस्थित छ । गाउँकै अर्गानिक खाना उपलब्ध गराउने गरी रिर्सोट संचालनमा ल्याएको भुर्तेलले बताए ।

लोकल कुखुरा, लोकल खसी र माछाका पारखीहरुलाई रिर्सोट उपयुक्त हुने भनाई उनको छ ।करिब एक करोड लगानीमा संचालनमा आएको रिर्सोट मार्फत पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास उनले लिएका छन् । रिर्सोटको वरिपरि शान्त वातावरण छ । शहर देखि केही पर गाउँमा बस्न जान चाहनेहरुका लागि रिबर बैंक इको रिर्सोट रोजाईमा पर्न सक्छ । सुलभ दरमा आनन्ददायी बसोबासका लागि स्याङखुदी आउन उनको आग्रह छ ।

विदेश नगएर स्वदेशमा नै केही गर्ने उद्देश्य सहित आफु व्यवसायी क्षेत्रमा लागि परेको भनाई उनको छ । ‘पछिल्लो समय हामी जस्ता युवाहरु घरदेश छाडेर परदेश जाने बाध्यता बढ्दो छ । तर मैले त्यसो गरिन । सानै भए पनि पोखराको न्युरोडमा फुडबैंक संचालनमा ल्याए । अहिले रिर्सोट संचालनमा ल्याएको छु । विदेश जाने सोच छैन । आशा छ सबैको माया रिर्सोटलाई मिल्नेछ ।’

रिर्सोटको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र महासचिव भुपेन्द्रराज सुवेदीले उदघाटन गरेका थिए । उदघाटन गर्दै अध्यक्ष आत्रेयले आर्थिक मन्दीको समयमा पनि रिर्सोट संचालन गर्नु नै हिम्मतको काम भएको उल्लेख गरे ।

उनले युवाहरु अब विदेश होइन स्वदेशमा नै केही गर्ने उद्देश्य बोकेर आउनुपर्ने धारणा राखे । सरकारले पनि युवाहरुलाई व्यवसायमा आकर्षण गराउन सबल नीति निर्माण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । रिबर बैंक इको रिर्सोटको निरन्तरताको कामना गर्दै लेखनाथ उद्योग बाणिज्य संघले व्यवसायिहरुको हितमा काम गरिरहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर