काठमाडौं – आईसीसीको नयाँ एकदिवसीय वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीले गएराति सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।
केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएको हो ।
नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छ ।
नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ । नेपालले घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृखंद्याको अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।यो खेल जितेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ ।भारत ओडीआई वरीयताको शीर्ष स्थानमा छ ।