नेपाल जति सस्तो उपचार सेवा अन्त कहिँ पनि छैन : प्रधानमन्त्री ओली — OSNepal

नेपाल जति सस्तो उपचार सेवा अन्त कहिँ पनि छैन : प्रधानमन्त्री ओली

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालीहरुले कोभिड १९ को अभावमा तड्पिनु नपर्ने बताएका छन् । आज आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

विगत केहि समय खोपको अभाव भएपनि अब सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका ओलीले उद्घाटन कार्यक्रममा भने, ‘हामी सबै नागरिकलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं, तर जबसम्म संसारबाट कोभिड-१९ समाप्त हुँदैन, हामी सजग हुनुपर्छ’ ।

खोपको लागि सरकारले नयाँ नयाँ सम्झौता गरिरहेको बताएका ओलीले आयुर्वेद शासक वर्गभित्र कैद भएर बस्यो, त्यो शिक्षा विज्ञान फैलिन नपाएको गुनासो समेत गरेका छन् । नेपालजति सस्तो उपचार सेवा अन्त कहिँ पनि नभएको भन्दै ओलीले स्वास्थ्य सेवालाई यत्तिकै सर्वसुलभ बनाउन महंगो हुन नदिन सावधानी अपनाउनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर