संयुक्त सर्वोत्कृष्ट खेलाडी बने मेस्सी र नेयमार, कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे — OSNepal

संयुक्त सर्वोत्कृष्ट खेलाडी बने मेस्सी र नेयमार, कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे

LC (KTM) July 11, 2021 0

एजेन्सी-ब्राजिली स्टार नेयमार र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पार्न सफल भएका हुन् ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनको प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो । मेस्सीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते । मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर