काठमाडौं – इन्डिगो एयरको विमान आकस्मिक अबतरण गरिएको छ । दिल्लीबाट दोहा जाँदै गरेको इन्डिगो एयरको विमानमा एक यात्रु बिरामी भएपछि कराँचीमा आकस्मिक अवतरण गराइएको हो ।
इन्डिगोले एक वित्रप्ति जारी गदैृ कराँचीमा आकस्मिक अवतरण गराएपनि बिरामी यात्रुको ज्यान भने बचाउन नसकेको जनाएको छ । एयरलाइन्सले भनेको छ । हामीलाई गहिरो दुःख लागेको छ र मृतकका परिवारसँग हाम्रो समवेदना छ।
अहिले हामी सम्बन्धित निकायसँग समन्वय गरी अन्य यात्रुहरूलाई अर्को उडानमा पठाउने व्यवस्था मिलाउँदैछौँ ।