काठमाडौं । ‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म फिल्मले साढे १० करोड ग्रस हाराहारीमा कमाइ गरेको हो । आइतबारसँगै अकुपेन्सीमा ड्रप भएपनि तेस्रो सप्ताहन्तमा फिल्मको कमाइमा अझै बढ्ने अनुमान गरिएको छ ।
छक्कापञ्जा ४ को व्यापार हेर्दा काठमाडौंपछि चितवन दोस्रो ठूलो फिल्म बजार बनेको छ । चितवनमा मात्रै फिल्मको कमाइ करोडभन्दा बढी छ । फिल्म बिहीबारदेखि मध्यपूर्वमा समेत रिलिज भएको छ ।
अमेरिका र अष्ट्रेलियामा पनि आक्रामक ढंगले फिल्म चलिरहेको बताइएको छ । फिल्मलाई हेमराज बीसीले निदेृशन गरेका हुन् । फिल्ममा । दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाहको शीर्ष भूमिका रहेको छ ।