एमाले कार्यदलको बैठकमा, सहमतिमा हस्ताक्षर गरी शिर्ष नेताहरुलाई बुझाउने तयारी — OSNepal

एमाले कार्यदलको बैठकमा, सहमतिमा हस्ताक्षर गरी शिर्ष नेताहरुलाई बुझाउने तयारी

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । नेकपा एमाले भित्रको उत्पन्न विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुरु भइसकेको छ । बिहान ८ बजे नै बोलाइएको बैठक माधव नेपाल समुहका नेताहरुको आन्तरिक छलफलका कारण ढिलाई भएको हो ।

अध्यक्ष कपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङले दिएको जानकारी अनुसार मिल्न बाँकी रहेका भाषागत विषय सबै मिलिसकेकाले अब हस्ताक्षरमात्रै बाँकी रहेको छ । आजको कार्यदलको बैठकले सहमतिको मस्यौदा तयार गर्ने पनि बुझिएको छ ।

आजै कार्यदलका सदस्यले पार्टी एकताको लागि हस्ताक्षर गरेर शिर्ष नेताहरुलाई बुझाउने तयारी समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर