काठमाडौं, फागुन २९ – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बू उत्कृष्ट गोलकिपर भएका छन्। भारतको पञ्जाब एफसीलाई आइ-लिग च्याम्पियन बनाएका लिम्बूले सिजनकै उत्कृष्ट गोलकिपरको अवार्ड पाएका हुन् ।
एक साताअघि नै च्याम्पियन बनेको पञ्जाबले आइतवार पञ्चकुलास्थित ताउ देवी लाल रंगशालामा ट्राउ एफसीलाई २-० ले हराउँदै आई-लिग सिजनको अन्त्य गर्यो।
एक साताअघि नै च्याम्पियन बनेको पञ्जाबले आइतवार पञ्चकुलास्थित ताउ देवी लाल रंगशालामा ट्राउ एफसीलाई २- ० ले हराउँदै आई-लिग सिजनको अन्त्य गर्यो।
यो खेलसँगै भएको पुरस्कार वितरण कार्यक्रममा प्रतियोगताकै उत्कृष्ट गोलकिपरको उपाधि लिम्बूले हात पारेका हुन्। गत सिजन पनि किरणले पञ्जाबबाटै खेल्दै सिजनकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।
अहिले किरणले २ लाख ५० हजार भारतीय रूपैयाँ र ट्रफी हात पारेका हुन् । उपाधि विजेता पञ्जाबले १ करोड भारतीय रूपैयाँ हात पारेको छ।