सडक मर्मतपछि नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा — OSNepal

सडक मर्मतपछि नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा

LC (KTM) July 11, 2021 0

नवलपुर- बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारी साधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर  पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।

कावासोतीमा भासिएको सडक मर्मत गरी पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले डिभिजन सडक कार्यालय तथा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको सक्रियतामा भासिएको स्थानमा मर्मतपछि राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । बिहीबार आएको बाढीले कावासोतीमा ह्युमपाइप बगाएर सडक भासिएपछि निर्माण गरिएको डाइभर्सनबाट साना सवारी साधन एकतर्फीमात्रै सञ्चालनमा ल्याइएको थियो ।

बिहीबार बिहान ८ बजेट अवरुद्ध भएको सडक डाइभर्सनपछि शुक्रबार साँझदेखि एकतर्फी सञ्चालन हुँदै आएको थियो । आज दिउँसो मर्मतपछि सडक पूर्णरूपमा दुईतर्फी नै सञ्चालनमा आएको भन्दै गिरीले सडकमा लामबद्ध ठूला सवारी साधनको लाइनसमेत घटेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर