अदालतको हस्ताक्षर फिर्ता गर्न ओली समूहको सर्त, फिर्ता नलिने नेपाल समूहको अडान — OSNepal

अदालतको हस्ताक्षर फिर्ता गर्न ओली समूहको सर्त, फिर्ता नलिने नेपाल समूहको अडान

LC (KTM) July 11, 2021 0

काठमाडौं । सत्तारूढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ। विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल पक्षका नेताहरूबीच यस्तो सहमति भएको हो।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सहमति र एकताका लागि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए।

यो सर्तलाई नेपाल पक्षले नमानेपछि सहमति र एकता प्रयासमा अड्चन आएको थियो। देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित अदालतमा दायर मुद्दालाई लिएर वार्तामा अड्चन आएपछि फैसला नआउँदासम्म यस विषयमा मौन बस्ने सहमति एमाले कार्यदलमा भएको हो। नेपाल पक्षको अडानपछि ओली पक्ष फैसला नआउँदासम्म मौन बस्न सहमत भएको हो। यो खबर आजको नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर