कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले चुम्यो, खाता नै खोल्न नसकी ब्राजिल घर फर्कियो — OSNepal

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले चुम्यो, खाता नै खोल्न नसकी ब्राजिल घर फर्कियो

LC (KTM) July 11, 2021 0

काठमाडौँ । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले चुमेको छ । माराकाना स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले १ ( ० गोल अन्तरले ब्राजिललाई पराजित गर्न सफल भएको हो ।

अर्जेन्टिनाका लागि खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै सुरुवाती अग्रता दिलाएसँगै दुवै टिमले थप गोल गर्न सकेनन् र अजेन्टिनाका लागि १ गोल नै जितका लागि काफी बन्यो । डी मारियाले रोड्रिगोको पासमा आर्कषक गोल गर्न सफल भएका हुन् ।

ब्राजिलले एक गोल गरेता पनि अफसाइडका कारण कारण रेफ्रिले उक्त गोललाई मान्यता दिएनन् । गरेको गोलले पनि मान्यता नपाएपछि दबाबमा रहेको ब्राजिलले खाता नै खोल्न नसकी घर फर्किन बाध्य भयो । नेइमारले धेरै पटक कोशिस गरेता पनि उनका प्रहार कुनै पनि गोलमा परिणत हुन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर