हरेक व्यक्तिमा फरक फरक क्षमता रुचिहरु हुन्छन र ईच्छा शक्ति भएपछि त्यो जसरी पनि पुरा गर्छन भन्ने कुरा वसन्त खड्काले आफ्नो पहिचानमा थप्नुु भएको अर्को परिचयबाट पुष्टि हुन्छ । प्रवासको समाजसेवामा ख्याति कमाएका खड्का आफ्नो अन्र्तमनको रुचिलाई निरन्तरता दिदै पछिल्ला दिनहरुमा गीत संगीतमा फरक परिचय बनाउनु भएको छ । फुर्सद हुने वित्तिकै केहि न केहि गरेर आफुलाई व्यस्त राख्ने खड्काले पछिल्लो पटक अर्को सागितिक कोसेली सार्वजनिक गर्नु भएको छ ।
कति माया गर्छु बोलको यो गीत यूट्यूवमा सार्वजनिक भएलगत्तै फेरी प्रवासमा चर्चामा हुनुहुन्छ । कति मायाँ गर्छु नामक म्यूजिक भिडियो कन्चन म्यूजिक ईन्टरटेन्टले बजारमा ल्याएको हो । बसन्त खड्काको संगीत र स्वरमा बजारमा आएको सो गीतको शब्द चर्चित गीतकार प्रल्हाद शाहको रहेको छ । गीतकार शाहका थुपै्र गीतहरु निकै चर्चित रहेका छन । यस गीतको एरेन्जर, रेकडिड तथा मिक्सिड भ्वाईसमा स्टुडियो कमल पोखरीमा दीप तुलाधरले गरेका हुन भने भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन ।
गीत रचना हेर्दा खड्काको गीतहरु व्यवसायिक गीतकार भन्दा कम छैनन तर उहाँ आफुलाई व्यवसायिक भन्न रुचाउनु हुन्न । गीत संगीत सबैलाई मन पर्दछ कसैले व्यवसायिक रुपमा अंगाले, मैले यसलाई निरन्तरता दिएर मायाँ गरिरहेको मात्र हुँ अझै निरन्तरता दिन्छु उहाँ बताउनु हुन्छ । अमेरिकामा परिचित समाजसेवी खड्का ईनासको क्षेत्रिय संयोजक हुनुहुन्छ । नर्थ क्यारोलिनाको हाई पोईन्टमा बस्नु हुन्छ तर पनि अमेरिकामा खड्का सामाजिक छवी चम्किलो छ ।
उहाँको गीत संगीतमा रहेको रुचिले आधा दर्जन बढी सागितिक कोसेलीले प्रमाणित गर्छकी उहाँको रुचिले पुर्ण आकार पायो । उहाँले आफ्नो रुचिलाई निरन्तरता दिएपछि आज उहाँ सागितिक क्षेत्रमा चिनिने नेपालका पुराना नेपाली सांगितिक क्षेत्रका धरोहर अम्बर गुरुडको राजमार्ग नामक गीत गाई सकेका हुन । नेपाली संगीतका नक्षेत्रहरु प्रेमध्वज प्रधान, चेतन कार्कीलगायत धुरन्धरहरुको संगतले पनि खड्का किन चुप बस्न सक्नु हुन्थ्यो र ।
त्यसैले होला प्रवासमा सामाजिक छवी बनाएका खड्का फुर्सदलाई सदुपयोग गर्दा गर्दै खड्काका रचनाहरु एक पछि अर्को गर्दै बजारमा निरन्तर आई रहेका छन । म्यूजिक भिडियोमा यूट्यूवमा हेर्न सकिन्छ । यस अघि पनि खड्काका सागितिक कोसेलीहरु मृगतृष्णा (गजल), गगनको बीच, बदलिदेउ तिमी र वेष्ट अफ वसन्त खड्का भाग १ र २ लगायत म्यूजिक कोसेलीहरु बजारमा आई सकेका छन । गीत सुन्न र हेर्नका लागि तरलको लिंकमा जान सक्नु हुनेछ ।