काठमाडौं । ‘काचा बदाम’ गाएर संसाभर भाइरल बनेका गायक हुन भुवन बाड्याकर । यहि गीतका कारण रातारात संगीत स्टार बनेका ती भाइरल स्टार फेरी जिरोमा झरेका छन् । ‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गुजारा गर्ने भुवन फेरी उनले अहिले ठेलामै पुनः बदाम बेच्न थालेका छन् ।
बदाम बेचेर गुजारा गर्ने भुवन कपीराइट लगायतको विवादले पुनः पुरानै अवस्थामा फर्किएको भारतिय मिडियाले जनाएका छन् । भारतको पूर्वी बंगालको वीरभूम जिल्लाको दु्रबाजपुरका बासिन्दा उनी टिकटककै कारण हिट भएका थिए ।न् २०२२ को फेब्रुअरी ५ मा उनले टिकटकमा पोस्ट गरेको उक्त गीत टिकटकसहित फेसबुक र इन्स्टाग्राममा हिट भयो ।
उनलाई कार्यक्रममा गाउन निम्तो गरियो भने उनले । देश, विदेशबाट उनले राम्रो पैसा कमाए । तर उनले भूलवश कपीराइट अधिकार बिक्री गरेपछि उनको खराब दिन सुरु भएको हो । गोधुली बेला म्युजिक युट्युब च्यानलका गोपाल घोषले भुवनलाई फकाएर कागजमा हस्ताक्षर गर्न लगाएपछि उनको ओरालो त्यहींदेखि सुरु भएको हो ।
भुवनले आफूले अंग्रेजी नबुझेकाले झुक्याएर हस्ताक्षर गर्न लगाइएको बताएका छन् । यो घटनापछि भुवनलाई कार्यक्रमबाट निम्तो पनि आउन छाड्यो र भिडियो राख्नेलाई कपीराइट पनि लाग्न थाल्यो ।अहिले यो घटनापछि उनी पुनः गाउँमै फर्किएर ठेलागाडामा बदाम बेच्न थालेको बताइएको छ ।