काठमाडौँ । कुनै समयका निकै मिल्ने साथी थिए नायिका आँचल शर्मा र नायक पल शाह । नायक पल शाह थुनामा परेपछि आँचलले पलको बारेमा कहिल्यै बोलिनन् । पलसँग नजिकै रहेका बेला उनको विबाह भयो । पल आँचलको विबाहमा गएनन् । सुटिगंमा व्यस्त भएको भन्दै उनले विबाहमा सहभागिता जनाएनन् ।
पलकै अर्की मिल्ने साथी हुन् नायिका पूजा पनि । यहीबिचमा पल शाह थुनामा परेपछि पनि आँचलले पूजालाई इन्स्टाबाट अनफलो गरिन् । यसपछि, यी दुई नायिकाबिच पुनः शितयुद्ध सुरु भयो । आँचलले पूजालाई ‘अग्रज’ भन्दा पूजाले ‘भाउजु’ भन्दै जवाफ फर्काएपछि त झनै यी दुईको शितयुद्ध सतहमा नै आयो ।
तर हालै यी दुई सुन्दरीले एकसाथ फिल्म खेल्ने तयारी थालेको खबर सिने क्षेत्रमा गर्माएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको फिल्ममा पूजा र आँचलले एकसाथ काम गर्ने पक्का भएको बताइन्छ ।
पूजासँग फिल्म खेल्न आँचल तयार भएपछि, उनीहरुको सम्बन्धलाई लिएर टिकाटिप्पणी पनि भैरहेको छ । आँचलले पूजासँग फिल्म खेल्न कुनै पनि गाह्रो नभएको समेत बताएको स्रोत बताउँछ । पूजाले पनि फिल्ममा आँचलसँग पर्दा शेयर गर्नुलाई सामान्य रुपमा लिएको बताइन्छ ।