कोपा फाइनल : अर्जेन्टिनाका लागि डी मारियाले गरे पहिलो गोल, दबाबमा ब्राजिल — OSNepal

कोपा फाइनल : अर्जेन्टिनाका लागि डी मारियाले गरे पहिलो गोल, दबाबमा ब्राजिल

LC (KTM) July 11, 2021 0

काठमाडौँ । कोपा अमेरिका फुटबलको जारी फाइनलमा अर्जेन्टिनाले पहिलो गोल गरेको छ । माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १ – ० गोलको अग्रता बनाउँदै ब्राजिललाई दबाबमा राखेको छ ।

अर्जेन्टिनाका लागि खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा आर्कषक गोल गर्न सफल भएका हुन् ।

बल पोसेसनमा पकड जमाएपनि ब्राजिलले पहिलो हाफमा गोल फर्काउन सकेन । आज दुबै टिम उपाधि उचाल्ने योजनामा रहेको खेल रोचक बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर