टिभी फिल्मी अब नारी टिभीको रुपमा प्रशारणमा आउने — OSNepal

टिभी फिल्मी अब नारी टिभीको रुपमा प्रशारणमा आउने

LC (KTM) March 09, 2023 0

‘टिभी फिल्मी’ टेलिभिजन च्यानलको नाम फेरिने भएको छ । अब उक्त टिभीको नाम ‘नारी टिभी’को रुपमा प्रसारणमा आउने भएको छ। यसको जानकारी च्यानलकी अध्यक्ष निकिता पौडेलले अन्तर्राष्ट्रिय नारी दिवशको अवसरमा फेसबुक मार्फत दिएकी हुन् । उनले च्यानलको नामसंगै यसको उद्देश्य र कार्यक्रम समेत परिवर्तन गरिएको जानकारी दिइन्। रमाईलो कुरा के छ भने च्यानलका सबै कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरु नै राखिने बताइएको छ ।

‘नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरू अधिकांश नारीहरूमै केन्द्रित रहने छन्। महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम छिरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन्,‘ उनले लेखेकी छन्। उनको फेसबुक पोष्ट यस्तो रहेको छ ।

टिभी फिल्मी मार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौ। परिस्थिति फेरिदै जादा करिव २ वर्ष जति सिनेमाहरु नै चलेनन्। त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो। कुनै समय थियो जति बेला टिभी फिल्मी नेपाली सिनेमा, कलाकार, प्राविधिक, बितरकहरुको एक मात्र साझा मंच थियो। आज परिस्थिति बदलिएको छ।

अन्य धेरै फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक संजालका कारण सिनेमा क्षेत्रले दर्शकहरुको साथ पाइरहेको छ। हिजो केही, कोहि नहुदा हामीले सक्दो गर्यौं। यो सुनौलो यात्रामा हामीलाई सघाउनु हुने कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सिने पत्रकारहरु लगायत सम्पुर्ण सिने जगतमा हार्दिक धन्यवाद टक्राउन चाहन्छु।

अब हामी हाम्रो च्यानल लाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं। टिभी फिल्मी अब छिट्टै नारी टिभी बनेर आउनेछ। आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ। यस च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै प्राथमिकतामा राखिने छ। नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरु मै केन्द्रित रहने छन्।

महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन्। यी कार्यहरूमा पुरुषहरुले सघाउनु पर्नेछ, साथ र हात दिनु पर्नेछ। देशका आमा दिदिबहिनी छोरीहरुमा समर्पित एउटा सम्पुर्ण नारी च्यानलका रुपमा हामी चाडै नै नेपाली आकाशमा छाउने छौं। हामी चाडै आउनेछौं।
अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर