अष्ट्रेलियाकी बार्टी विम्बल्डन टेनिसको उपाधि पहिलो पटक हत्याउन सफल — OSNepal

अष्ट्रेलियाकी बार्टी विम्बल्डन टेनिसको उपाधि पहिलो पटक हत्याउन सफल

LC (KTM) July 10, 2021 0

विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले विम्बल्डन टेनिसको उपाधि पहिलो पटक हत्याउन सफल भएकी छिन् । लण्डनमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई हराउँदै बार्टी पहिलो पटक उपाधी जित्न सफल भएकी हुन् ।

उपाधि जित्ने क्रममा २५ वर्षीय बार्टीले कारोलिनामाथि ६-३ र ६-७ ४-७ र ६-३ को सेटमा पराजित गरिन् । जानकारी रहोस्की बार्टीको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । यस अघि उनीले फ्रेन्च ओपन जितेकी थिइन् । बार्टि पहिलो पटक फाइनल पुगेकी थिईन् तर पहिलो फाइनल यात्रामै उनले उपाधी हत्याउन सफल भईन् ।

बार्टीले सेमिफाइनलमा जर्मनीकी एन्जलिक केर्बरलाई हराएकी थिइन् ।कारोलिनाले सेमिफाइनलमा साबलेन्कालाई हराएकी थिइन् ।पुरुषतर्फको उपाधिका लागि नोभाक जोकोभिच र माटियो बेरेटिनी भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर