युरोकपको फाईनल अघि इंग्ल्याण्डका समर्थकहरुलाई दुःखको खबर , लेजर लाईट प्रयोग भएको भन्दै यूईएफएद्धारा इंग्ल्याण्डमाथि कारबाहीको घोषणा  — OSNepal

युरोकपको फाईनल अघि इंग्ल्याण्डका समर्थकहरुलाई दुःखको खबर , लेजर लाईट प्रयोग भएको भन्दै यूईएफएद्धारा इंग्ल्याण्डमाथि कारबाहीको घोषणा 

LC (KTM) July 10, 2021 0

डेनमार्कका गोल किप्पर कास्परलाई लक्षित गरी लेजर लाईट प्रयोग गरेको भन्दै युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले इंग्ल्यान्ड एफएलाई जरिवाना गरेको छ । एकदमै गंभीर मोडमा खेल भईरहेको बेला दर्शकबाट लेजर लाईटको पयोग गरिएको थियो ।

घटनाको सम्पुर्ण छानबिन पछि इंग्ल्याण्ड दोषी देखिए पछि यूईएफएले इंग्ल्यान्ड लाई ३० हजार युरो जरिवाना गरेको हो । युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेल दौरान समर्थकले खेल भावना विपरित कार्य गरेको पाईएपछि यूईएफएले जरिवाना गरेको हो ।

खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नु अघि कास्परको अनुहारमा लेजर लाइट परेको थियो । लेजर लाईटका बाबजुद पनि कास्परले केनको पेनाल्टी रोक्न सफल भएका थिए । तर, बिडम्बना रिबाउन्ट भएको बललाई फेरी केनले पोष्टको दिशा दिएका थिए । उनको यो पेनाल्टीले नै इंग्ल्यान्ड उपाधीको नजिक पुगेको हो ।

उक्त खेलमा लेजर लाईटको मात्र प्रयोग भएन राष्ट्रिय गानको दौरान समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र समर्थकले अतिशबाजी समेत गरेका थिए । उक्त खेलमा भएको खेल भावना विपरित घटनाबारे यूईएफएले छानबिन गरेको थियो । छानबिनमा दोषी देखिएपछि इंग्ल्यान्ड एफएलाई जरिवाना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर