सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजार सहयोग गर्ने — OSNepal

सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजार सहयोग गर्ने

LC (KTM) July 10, 2021 0

मेलम्ची, २६ असार- सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई रु ५० हजारका दरले जम्मा रु एक करोड ८३ लाख सहयोग हस्तान्तरण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाबाट हेलम्बु गाउँपालिकालाई रु दुई करोड ५० लाख, मेलम्ची नगरपालिकालाई रु एक करोड ३६ लाख, पाँचपोखरी थानपाल गाउँपालिकालाई रु दुई करोड र इन्द्रावती गाउँपालिकालाई रु १५ लाख बराबरको तारजाली हस्तान्तरण गरिएको हो । त्यसैगरी साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडबाट एक हजार ५०० बण्डल जस्तापाता उपलब्ध गराइएको छ ।

त्यसैगरी निर्माण व्यवसाय प्रवद्र्धन कोषबाट हेलम्बु गाउँपालिकालाई रु छ लाख र मेलम्ची नगरपालिकालाई रु चार लाख सहयोग घोषणा गरिएको छ । प्रधानमन्त्री ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ, सम्बन्धित मन्त्रालयका सचिव तथा प्रतिनिधिसहितको टोलीले स्थलगत अध्ययन गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर