अर्घाखाँची, २४ फागुन -अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारि चौथो संस्करणको अर्घाखाँची प्रिमियर लिगमा आज तेश्रो र चौथो चरणका खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगिताको दोस्रो अर्थात आज भएको पहिलो खेलमा रोयल सन्धिखर्कलाई पराजित गर्दै रायल खाँचिकोट विजयी भएको छ । टस हारेर पहिले व्याटिको निम्तो पाएको खाँचिकोटले १९ दशमलव १ ओभरमा सवै विकेट गुमाएर ८६ रन बनाएको थियो । ८७ रनको विजयी लक्ष्य पक्ष्याएको सन्धिखर्कले १७ औं ओभरमा सवै विकेट गुमाएर ६० रनमात्र बनाउन सक्यो ।
यस्तै प्रतियोगिताको तेस्रो अर्थात आजको दोस्रो खेलमा पुष्प वारियर्सलाई पराजित गर्दै इलाभेन व्रदर्श डिभर्ना विजयी भएको छ । १०० रनको विजयी लक्ष्य पछ्याएको पुष्प वारियर्स ७० रनमा अलआउट भएको हो ।
जिल्ला क्रिकेट संघ अर्घाखाँचीको आयोजनामा जारी प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार र द्वीतिय हुनेले ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् ।