ऋतिक रोशन तथा सैफ अली खान तमिल हिट फिल्म बिक्रम वेधाको हिन्दी रिमेकमा लीड रोलमा देखिने भएका छन् । यस फिल्मको निर्देशन ओरजिनल फिल्म निर्माता पुष्कर गायत्री आफैले गर्ने भएका छन् । यो फिल्मले ३० डिसेम्बर २०२२ मा सिनेमाघरमा ढोका ढक्ढकाउने बताइएको छ ।
तामिल फिल्ममा भने आर माधवन बिजय सेतुपति मुख्य भुमीकामा रहेका थिए । यस फिल्मले दर्शकलाई एकदमै प्रभावित गरेको थियो । निर्देशक जोडी पुष्कर–गायत्री अब ऋतिक र सैफलाई मुख्य भुमीकामा राखेर हिन्दी भर्जनमा यो फिल्म शुट गर्न लागिरहेका छन् । यस फिल्म बिक्रम–बेतालको प्राचीन भुमीकामा आधारीत रहेको छ ।
जहाँ एक चलाख ग्यांगस्टार हरबार एक साहसी पुलिसवाला बाट बच्नका लागि आफ्नो लाईफ संग जोडिएको एक नयाँ कहानी सुनाईरहन्छ । यस फिल्मको हिन्दी रिमेकमा आमिर खन बेधाको भुमीकामा देखिनेवाला थिए । तर उनको ब्यक्तिगत कारण फिल्मलाई छोड्न बाध्य भएका छन् । त्यसपछि यसको भुमीका ऋतिक रोशनले पाएका हुन् । बिक्रमको भुमीकामा भने सैफ देखिनेछन् ।