कक्षा कोठाभित्र लगी १० वर्षीया बालिकालाई यौ न दु र्व्यवहार गरेको अभियोगमा प्रिन्सिपल समातिए — OSNepal

कक्षा कोठाभित्र लगी १० वर्षीया बालिकालाई यौ न दु र्व्यवहार गरेको अभियोगमा प्रिन्सिपल समातिए

LC (KTM) July 10, 2021 0

ओखलढुंगा, २६ असार- दुई जना १० वर्षीया बालिकालाई यौ न दुर्व्यवहार गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-२ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपल झापा शिवसतासी नगरपालिका- ८ झिलझिले घर भएका ३० वर्षीय करण राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षा कोठाभित्र यौ न दु र्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि, वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्तामा बुद्धनगर क्षेत्रको सफाइ, थापाथली किनारमा वृक्षरोपण- काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ । सफाइसँगै अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा सोही वडाको थापाथली क्षेत्रमा वृक्षरोपण पनि गरिएको थियो । आँप, कपुर, एभोकाडो, समी र गुर्जोका करीब १५० बिरुवा रोपिएको अभियानकर्मी प्रिया लामिछानेले राससलाई जानकारी दिनुभयो ।

सफाइमा पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सदस्य डा माला खरेल, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी डा लक्ष्मी पौडेल, वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिको सक्रियता थियो ।

सफाइका क्रममा रोपिएका बिरुवाको संरक्षण वडा नं ११ कार्यालयले गर्ने सहमति भएको जनाइएको छ । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि आज भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो । हाल उपत्यकाका २० स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यकाबाहिर पनि मुख्य शहर, नदी, सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका बाहिरसमेत गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जागरणमूलक अभियान जारी छ । जाडो, गर्मी, वर्षा, घाम, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको सङ्क्रमणजस्ता समयमा पनि वाग्मती सफाइ महाअभियान रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर