काठमाडौंमा देखियो ३०३ जनामा कोरोना — OSNepal

काठमाडौंमा देखियो ३०३ जनामा कोरोना

LC (KTM) July 10, 2021 0

काठमाडौं । नेपालमा शनिबार थप २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्य काठमाडौं उपत्यकामा ४१५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौँमा ३०३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ६० जनामा सङ्क्रमण देखिएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १४३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ ९पीसीआर० र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको नि धन भएको छ । यससँगै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न स्थानको निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमणको दर बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर