गायक केदार बरुवाल क्षत्रीले प्रेमीका नेहासँग कसे लगनगाँठो — OSNepal

गायक केदार बरुवाल क्षत्रीले प्रेमीका नेहासँग कसे लगनगाँठो

LC (KTM) March 08, 2023 0

काठमाडौँ। गायक केदार बरुवाल क्षत्रीले नेहा केसीसँग लगनगाँठो कसेका छन् । १ दशकदेखि अष्ट्रेलियामा रहँदै आएका गायक बरुवालले प्रेमीका नेहासँग हिन्दु परम्परा अनुसार विबाह गरेका हुन् । नेहा एसिस्टेन नर्सका रुपमा कार्यरत छिन् ।

एक मल्टिनेशनल कम्पनीमा म्यानेजरको रुपमा कार्यरत गायक बरुवालले मार्च ४ तारिखमा मेहेन्दी, ५ तारिखमा विबाह र ६ तारिखमा रिसेप्सन पार्टी दिएका थिए । अष्ट्रेलियामा रहेका आफन्त र साथिभाईहरु जन्ती नै गएर धुमधामसँगै गायक बरुवालले विबाह सम्पन्न गरेका हुन् ।

गायक बरुवालले हालै मात्र गाजलु बोलको गीतको भिडियो बजारमा ल्याएका थिए । उनका यसअघि जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी, (तिमीलाई चाहेर मेल भर्सन), आँखैमा गाजल , तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर