काठमाडौं -प्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को डिजिटल राइट्स महंगो रकममा बिक्री भएको छ । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले छायांकन प्रारम्भ नहुँदै ९५ लाख रुपैयाँ मा किनेको हो ।
फिल्ममा नायिका स्वस्तिमा खड्का र नायक सौगात मल्लको मुख्य भूमिका रहनेछ भने फिल्ममा नायक विपिन कार्की केन्द्रिय भूमिकामा छन् । यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ ।
खगेन्द्र लामिछानेको निर्माणमा बन्न लागेको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । निर्देशक खनालले फिल्मको डिजिटल राइट्सले नेपाली फिल्म क्षेत्रको इतिहासमै नयाँ मानक बनाउने विश्वास व्यक्त गरेका छन् ।