बलिउडका सुपरस्टार सलमान खान बिरुद्ध जालसाँजीको आरोप लागेपछि बलिउड निक्कै गर्माएको छ । उनको कम्पनिले सहमति अनुसार कुनै सहयोग नगरेको भन्दै भारतीय ब्यापारी अरुण गुप्ताले आरोप लगाएका हुन् ।
सलमान, उनकी बहिनी अलवीरा खान, कम्पनी बिइङ ह्युमन लगायत अन्य ६ सहयोगीमाथि जालसाजीको आरोप लागेको हो। भारतीय व्यापारी अरुण गुप्ताले ‘बिइङ ह्युमन ज्वेलरी’ खोल्न लगाएर सहमति गरेअनुसार कुनै सहयोग नगरेको आरोप सलमान सहितको उनको सहयोगी टोली माथि लगाएका हुन् । तर गुप्ताले सहमति बारे केही खुलाएका छैनन् ।
सलमान सहित उनका सहयोगीहरुले गुप्ता संग कस्तो सहमती गरेर ज्वेलरी खोल्न लगाएको भन्ने केही स्पष्ट छैन तथापी यस बिषयले सामाजिक सञ्जाल पुरै हल्लिएको छ । आफुमाथि जालसाँजीको आरोप लागेपछि पनि चुप लागेर बसेका सलमान खान अहिले भने यस बिषयमा बोल्न बाध्य भएका छन् ।
उनले हुदै नभएको कुराले बिकराल रुप लिएको प्रति आफ्नो ध्यानआकर्षण भएको जनाएका छन् । आरोप लागेपछि सलमानले आरोप लगाएकासँग आफ्नो कुनै लेनदेन नभएको प्रष्ट पारेका छन् । उनले आफु र आफ्नो कम्पनिले कसैसँग बेइमानी नगरेको पनि प्रतिक्रिया दिएका छन् ।