यसरी भएको थियो अरिजीत सिंह र सलमान खान बीच बिबाद , सलमानले अरिजीतको कुनै गितमा काम गर्नै छोडे — OSNepal

यसरी भएको थियो अरिजीत सिंह र सलमान खान बीच बिबाद , सलमानले अरिजीतको कुनै गितमा काम गर्नै छोडे

LC (KTM) July 10, 2021 0

बलिउडमा यस्ता धेरै सेलीब्रेटीहरु छन् जो एक अर्का संग बोल्दैनन् । त्यतिमात्र हैन बलियोले अलि कमजोरको करियरनै सक्ने तर्फ लागिपरेका उदाहरणहरु थुप्रै छन् । यसैको नमुनाको रुपमा लिन सकिन्छ अरिजित सिंह र सलमान खानबीचको बिबाद ।

बलिउडका चर्चित गायक अरिजित र बलिउडकै चर्चित सुपरस्टार सलमानबीच बोलचाल नै छैन । त्यतिमात्र हैन सलमानले अरिजितको करियर नै सकिदिएको समेत आरोप लाग्दै आएको छ । उनीहरुबीच विवाद पछि सलमान खानको धेरै फिल्ममा अरिजीत सिंहले गित गाँउने अवसर गुमाएका छन् ।

सलमानले आफ्नो फिल्ममा अरिजीतको कुनै गित नै सुन्न चाहदैनन् । अरिजीतको करियर सक्न खुलेरै सलमान लागेका छन् । यो बिबाद अहिले सम्म साम्य भएको छैन । यहि बिबादले उग्ररुप लिएपछि सलमानसँग अरिजीतले माफि समेत मागेका थिए ।

यस्तो थियो बिबादको चुरो

बलिउडका दुबै जना चर्चित हस्ति बीच एउटा म्यूजिकलअवार्ड बाट बिबाद सुरु भएको थियो । जब एउटा म्यूजिकलअवार्ड चलिरहेको थियो । उक्त अवार्ड लाई लिएर होस्टको काम सलमान खानले गरिरहेका थिए । उक्त अवार्ड कार्यक्रममा अरिजीत सिंह पनि अवार्डेड हुन लागेका थिए । त्यसैका लागि अवार्डमा अरिजीत सिंह पनि अवार्ड लिन गएका थिए ।

अवार्ड पाउनेहरु लाई धमाधम स्टेजमा सलमानले बोलाईरहेका थिए । जब सलमानले अरिजीतको नाम लिएर अवार्ड लिनका लागि बोलाए तब अरिजीत निद्रामा मस्त थिए । जब आफ्नो नाम सुने उनी झस्किए र स्टेज तिर गए । अवार्ड फङसन जस्तो कार्यक्रममा उनी एकदमै सिम्पल भएर पुगेका थिए । त्यो पनि साधारण चप्पल र हाफ ट्राउजरमा ।

उनी स्टेजमा उक्लिए । स्टेजमा उक्लना साथ सलमानले उनलाई प्रश्न गरे । के तपाई निदाई रहनु भएको थियो ? उनको प्रश्नको गंभीरता लाई त्यति ख्यालै नगरि अरिजीतले पनि जवाफ दिए “तपाईहरु कै शो हेर्दा हेर्दै निदाएको छु ।” अरिजीतको उक्त अपरिपक्क जवाफ पछि सलमान खान चिढिएका थिए । उनले सोचेकी आफुले चलाएको कार्यक्रमको यति ठुलो इन्सल्ट ? त्यसपछि सलमानले अरिजीत संग बोल्नै मात्र छोडेनन् उनको गितमा काम नै गर्न छोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर