काठमाडौं – अभिनेत्री निशा अधिकारीले श्रीमान् शरद भेषावकर विरुद्ध हालेको खबर बाहिर आएका बेला निशाले आफूहरू ठिकठाक रहेको बताएकी छन्। सामाजिक संजाल फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले आफूहरू ठिकठाक रहेको उल्लेख गरेकी हुन् ।
यो विषयलाई परिपक्वता र करुणाका साथ सुल्झाउने र यो विषय पनि आफूहरूको निजी मामला भएको उनले उल्लेख गरेकी छन् । उनले अंश मुद्दा हाल्नुको कारणबारे केही खुलाएकी छैनन्। उनले लेखेकी छन्, ‘म न त लुकाउने छु न त धेरै व्याख्या गर्न जाँदैछु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ।’नि
शाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी थिइन्। निशा र शरदको एक छोरा पनि छन्।विवाह गरेको पाँच वर्षमै यी दुईको सम्बन्धमा दरार आएको बताइन्छ । निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दिएकी छैनन् । निशाका पति शरद भेषावकर क्रिकेटर हुन्। शरदले पछिल्लो समय राष्ट्रिय टीमबाट स्थान गुमाएका छन्। निशा पछिलो समय पनि आफ्नो करिअरमै व्यस्त छन् ।