अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालक अमितको घटनास्थलमै गयो ज्या न — OSNepal

अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालक अमितको घटनास्थलमै गयो ज्या न

LC (KTM) July 10, 2021 0

कैलारी- कैलारी गाउँपालिका–१ मा से१त ३४३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्र्याक्टर चालक अमित कठरियाको आज मृ त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृ त्यु भएको जानकारी दिनुभयो ।

‘फाइबर टु द होम’ इन्टरनेट सेवा सञ्चालन- जुम्लामा फाइबर टु द होम इन्टरनेट सेवा सञ्चालनमा आएको छ । अनलाइन सेवा प्रवाहलाई छिटोछरितो गर्न तथा उपभोक्ताको राहतका लागि निजी लगानीमा सिम्पल इन्टेलिजेन्ट सिस्टम टेक्नोलोजी प्रालिले सो इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।फाइबर टु द होम इन्टरनेट सेवा जिल्लामा केही समय अघिदेखि सञ्चालनमा भएपनि शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले सो इन्टरनेट सेवाको उद्घाटन गरेका हुन् । सानो लगानीबाट व्यवसायमा प्रवेश गरेर सङ्घर्ष गर्दै आएका हिमा गाउँपालिका–१ का हर्ष शाही तथा प्रतिभा शाहीले समयको मागअनुसार प्रविधिको विकासमा उल्लेखीय भूमिका खेल्दै आएका छन् ।

यहाँका नागरिकलाई इन्टरनेटको पहुँचमा ल्याउन फाइबर टु द होम इन्टरनेट उल्लेखीय भूमिका खेल्ने छ । सेवामा गुणस्तरियता र विश्वसनियतामा ध्यान पु¥याउन आवश्यक रहेको विभागका महानिर्देशक हमालले बताउनुभयो । नेपाल टेलिकम तथा सिम्पललगायत अन्य निजी इन्टरनेट सेवाले गाउँगाउँमा इन्टरनेटको पहुँच पु¥याउएर चालु आवभित्रै देशका सबै स्थानीय तहलाई इन्टरनेटको पहुँचमा पु¥याउने सरकारको लक्ष्य पूरा गर्ने सहयोग मिल्ने विभागका महानिर्देशक गोगन हमालले बताउनुभयो । सेवाग्राहीको गुनासो आउने गरी नभई चुस्तरुपमा इन्टरनेट सेवा दिनु आजको आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो ।

फाइबर टु द होम इन्टरनेट सेवाको लाइन हालसम्म जिल्लाका सय जना सेवाग्राहीलाई वितरण गरिएको छ । प्रालिकी अध्यक्ष प्रतिभा शाहीले भन्नुभयो,“उपभोक्ताको मागअनुसार सेवाप्रवाह गर्नेमा प्रतिवद्ध छाँै ।” सिम्पल इन्टरनेटले जुम्लाका आठ स्थानीय तहँंगै साविक कर्णालीका चार जिल्लामा समेत प्रभावकारी इन्टरनेट सेवा दिँदै आएको छ । नेपाल टेलिकमभन्दा सिम्पलको इन्टरनेट सेवा फाष्ट हुने अध्यक्ष शाहीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर