पल शाहले लेखे भावुक पोष्ट, भन्छन्– यस घटनामा समयको दोष थियो , कसैलाई गाली नगरि दिनुहोला — OSNepal

पल शाहले लेखे भावुक पोष्ट, भन्छन्– यस घटनामा समयको दोष थियो , कसैलाई गाली नगरि दिनुहोला

LC (KTM) March 07, 2023 0

पछिल्लो पटक जेलबाट बाहिर आए पछि पल शाह सार्वजनिक कार्यक्रममा सहभागि नहुदै फेसबुक मार्फत आफ्ना भावना ब्यक्त गरेका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत आफ्नो जिवन र भोगाइका अनुभव शेयर गरेका छन् । साथै उनले यस घटनामा अरु कसैलाई दोष नदिई समयको खेल भनेका छन् । उनले कसै माथि नराम्रो नभनि दिन सबैलाई आग्रह समेत गरेका छन् । पछिल्लो समय उनी संग नाम जोडिएकी गायिकालाई सामाजिक सञ्जालमा तथानाम गाली गलौज आउन थालेसंगै त्यसैलाई इंगित गरेर पोष्ट गरेको देखिन्छ । उनले लेखेको पोष्ट यस्तो छ ।

सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो। बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।

र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनु होला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर