नेपालमा फुटबल खेलाडीहरुको भविश्य राम्रो छैन भन्ने कुरा प्रत्यक्ष देखिन थालेको छ । राष्ट्रिय खेलाडीहरु आफ्नो करियर फुटबलमा नदेखे पछि बिदेश पलायन हुने क्रम जारी रहेको छ । फुटबल खेलेरै परिवार पाल्न नसक्ने अवस्था, भबिश्यको चिन्ता , फुटबल खेलमा देखिने राजनीतिक प्रभाव, दैनिक जसो ब्यवसायिक हिसाबका प्रतियोगिताहरु नहुनु नै फुटबल प्रतिको बितृष्णा देखिन्छ ।
यस्तै बिदेश पलायन हुने खेलाडीहरुको लिस्टमा अर्काे नयाँ नाम थपिएको छ । घरेलु फुटबलका अर्को स्टार फुटबलर सुनिल बल । उनले फुटबलमा आफ्नो भविस्य नदेखे पछि बिदेशको बाटो रोजेका छन् । उनले अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाएका छन् । राष्ट्रिय फुटबल टिमका नियमित सदस्य समेत रहेका सुनिल सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
एन्फा एकेडेमीका उत्पादन प्रभावशाली मिडफिल्डर सुनिल बल आज अष्ट्रेलिया प्रस्थान गरेका हुन् । नेपालले पछिल्लो समय अन्तराष्ट्रिय फुटबल प्राप्त गरेका अधिकांश सफलता सुनिल महत्वपुर्ण सदस्य रहेका थिए । सुनिलले यस सिजन संकटाबाट ए डिभिजन लिगका केहि खेलहरु खेलेका समेत थिए । उनी क्लबका कप्तान समेत रहेका थिए । उनले घरेलु फुटबलका अधिकांश ठुला क्लबबाट ब्यवसायीक फुटबल खेलिसकेका छन् ।
करियरकै उच्च फर्ममा रहेका उनी गत वर्षको लिगको सर्वोत्कृष्ट खेलाडी बनेका थिए । मछिन्द्रले लगातार दोस्रो पटक लिग उपाधि जित्दा सुनिलको प्रर्दशन प्रभावशाली रहेको थियो । अधिकांश फुटबलर सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया लागेपछि सुनिलले समेत विदेश जाने प्रयास थालेका थिए ।