करोडौ लगानी गरेर बनाइएको फिल्म तुफान रिलिज हुन लाग्दा बहिष्कारको सुचीमा , अन्तर धार्मिक प्रेमकथा संस्कृति बिरुद्ध रहेको अभियानकर्ताको जिकिर — OSNepal

करोडौ लगानी गरेर बनाइएको फिल्म तुफान रिलिज हुन लाग्दा बहिष्कारको सुचीमा , अन्तर धार्मिक प्रेमकथा संस्कृति बिरुद्ध रहेको अभियानकर्ताको जिकिर

LC (KTM) July 10, 2021 0

बलिउडमा फिल्म बहिस्कारका लागि ट्रेण्ड चलाउनु कुनै नौलो कुरा रहेन अब । फिल्मले उठाउने बिषयवस्तु कुनै धर्म, जात। लिङ्ग,समुदाय तथा राष्ट्रियता बिरुद्ध भयो कि बिरोध सुरु भईहाल्छ ।

त्यसैले सुरु देखीनै कसैको भावनामा ठेस नपुग्ने गरि फिल्म बनाउन अति ध्यान दिन जरुरी देखिन थालेको छ । करौडौको लगानी गरेर फिल्म निर्माण गरिएको हुन्छ अन्तिममा रिलिजको समयमा बहिस्कारमा पर्नु निर्माण पक्षलाई ठुलै चुनौतीको बिषय बन्न पुग्छ ।

यस्तै भएको छ चलचित्र तुफान । फरहान अख्तर र मृनाल ठाकुरको मुख्य भूमिका रहेको यो फिल्म आउँदो शुक्रबार अमेजन प्राइममा रिलिज हुँदैछ । तर, आज बिहानैदेखि ट्विटरमा यो फिल्म बहिष्कार गर्ने ट्रेन्ड सुरु भएको छ । फिल्म बहिष्कार गर्नुपर्ने कारण भने अन्तर धार्मिक प्रेमकथा नै मुख्य रहेको छ ।

यस्तो कथा देशको संस्कृति बिरोधी रहेको भन्दै बहिष्कारबादीहरुले यो अभियान सुरु गरेका हुन् । फरहान मुसलमान हुन् भने मृनाल हिन्दु । उनीहरुबीचको प्रेमकथा जोडिएको छ यस फिल्ममा । मृनालको प्रेरणाले गैंगस्टर अजिज बक्सिङ तर्फ आकर्षित हुन्छन् । उनले त्यसबाटा एकदमै ठुलो उचाइ पाउँछन् । यहि बिषयवस्तु नै यस फिल्मको कहानी रहेको छ । राकेश ओमप्रकाश मेहराको निर्देशनमा बनेको यो फिल्म बहिष्कारका लागि ट्विटरमा बिहानै देखी उक्साहट सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर