राजु लामाको स्वरमा रिरेकर्ड गरी ल्याइयो ७० बर्ष अघिको गीत 'हरियो भन्नु' ( भिडियो ) — OSNepal

राजु लामाको स्वरमा रिरेकर्ड गरी ल्याइयो ७० बर्ष अघिको गीत ‘हरियो भन्नु’ ( भिडियो )

LC (KTM) March 06, 2023 0

जनकवि केशरी धर्मराज थापाको शब्द ,सगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’लाइ पुन :रेकर्ड गरी सार्वजनिक गरिएको छ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गर्नु भएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ ।

जनकवि केशरी धर्मराज थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उँहाकाे संझनामा याे गीतलाई फेरि रेकर्ड गरिएकाे हाे । उँहाको परिवारकाे सहमतिमा म्युजिक नेपालले याे गीतलाइ पुन: रेकर्ड गरी बजारमा ल्याइएको म्यूजिक नेपालले जनाएको छ ।

गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ ।

जनकवि केशरी धर्मराज थापाका परिवारकाे तर्फबाट उहाँका छाेरा मदनराज थापाले आज भन्दा ७० बर्ष अगाडी रेकर्ड गरिएको याे लोकप्रिय गीत अहिलेको युवापुस्तालाई पुन : परिचित गराउन र अग्रज स्रष्टा र उँहाहरूकाे सृजनाबारे के कस्ताे धारणा र प्रतिकृया छ भन्ने जान्नको लागि पनि ल्याइएको बताउनु भयो । ‘हरियो भन्नु’ गीत बि.स. २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर