छक्का पञ्जा ४ को भिडियो क्लिप्स टिकटकमा हाल्नेहरु प्रहरीको निगरानीमा , ओएसआरले दियो साइबर ब्युरोमा उजुरी — OSNepal

छक्का पञ्जा ४ को भिडियो क्लिप्स टिकटकमा हाल्नेहरु प्रहरीको निगरानीमा , ओएसआरले दियो साइबर ब्युरोमा उजुरी

LC (KTM) March 05, 2023 0

सामाजिक सञ्जाल टिकटक यतिबेला फिल्म निर्माताहरुको टाउको दुखाईको बिषय बन्न थालेको छ । करोडौ रुपैया लगानी गरेर बनाएको फिल्म हलमा रिलिज भएकै दिन देखी टिकटकमा भिडियो क्लिप्सहरु बाहिरिन थाले पछि निर्माताहरु चिन्तित बनेका छन् । यसैक्रममा फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक भएसंगै फिल्मको डिजिटल अधिकार खरीद गरेको कम्पनी ओएसआरले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।

ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार ओएसआरले त्यस्ता क्लिप्स पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै आइतबार निवेदन दिएको हो । आफूहरुले एकदमै महंगो मूल्यमा फिल्म किनेका कारण जसरी भएपनि पाइरेसी रोक्न ओएसआरका ओम अग्रवालले निवेदन दिएका छन् । यसरी हरेक फिल्मका क्लिप्सहरु एकाएक टिकटक र युट्युबमा बाहिरिंदा व्यवसायलाई नै चुनौती बन्न पुगेको उनले बताए ।

डिजिटल राइट्स लिने मात्र हैनन् फिल्म निर्माण गर्ने निर्माता समेत यस बिषय देखि हैरान भएका छन् । छक्का पञ्जा ४ को भिडियो क्लिप्सहरु बाहिरिन सुरु गरेपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि टिकटकमा भिडियो पोस्ट रोक्नका लागि आफूहरुले चलचित्र संघसँग छलफल गरिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर