काठमाडौँ । लोक गायक मान सिंह खड्का पछिल्लो समय दर्शक श्रोताको मन मस्तिकमा बस्न सफल नाम हो । उनी सांगीतिक क्षेत्रमा आएको छोटो समयमा नै उनका बुहारी २ , खासै काटौ खोली दोभान , चै चै बाबू चै, बडा दसै, दाजु बहिनी, जिन्दगानी आज कि भोली जस्ता गीतहरुले चर्चा पाए । त्यस्तै प्रत्यक्ष लोक दोहोरीबाट पनि आफ्नो लोक प्रियता कमाइ रहेका लोक गायक मान सिंह खड्कालाई अहिले मेला महोत्सवमा पनि भ्याइ नभ्याइ छ ।
१० बर्ष अघि मालती डिजिटल कम्पनी बाट गाइका मनु मन्दिर सङ्ग संका लाउन थाल्यो बोलको गीतबाट आफ्नो संगीत कर्म को सुरुवात गरेका उनको सांगीतिक क्षेत्रमा भविष्य उज्जवल बन्दै गएका बेला उनले खुशी व्यक्त गरे । भन्छन् यो हाम्रो पहिचान हो तर क्षणभर मानै स्थापित हुन भने कठिन छ उनले भने ‘प्रतिभा भएरनि ओझेलमा भएका संगीत कर्मी कला प्रेमी लाई हामिले साथ र सहयोग गर्नु पर्दछ म पनि विभिन्न बाधा र ब्यबधान हटाउदै यहाँ सम्म आएको हु । ‘
केही समय एफ.एम ३०.८ मेगा हर्जमा रोधीघर कार्यक्रमका प्रस्तोताको रुपमा समेत काम गरेका उनलाई अहिले भ्याई नभ्याईको अवस्था छ । अहिले उनी म्युजिक भिडियोमा अभिनय , निर्देशनमा व्यस्त बनिरहेका बेला उनको गीत प्यारो मान्छे राम्रो चर्चा कमाइरहेको छ ।