पत्रकार मिलन केसीलाई कुटपिट गर्ने चितवनका प्रहरी कारबाहीमा पर्ने, तलव काटेर पत्रकार केसीको क्यामेरा मर्मत गरिने — OSNepal

पत्रकार मिलन केसीलाई कुटपिट गर्ने चितवनका प्रहरी कारबाहीमा पर्ने, तलव काटेर पत्रकार केसीको क्यामेरा मर्मत गरिने

LC (KTM) July 10, 2021 0

चितवन । चितवनकी सुजिता भण्डारीको मृ त्यु प्रकरणको विषयमा समाचार संकलन गर्न घटनास्थल पुगेका हेल्लो टिभी नेपालका पत्रकार मिलन केसीलाई कुटपिट गर्ने चितवनका प्रहरी कारबाहीमा पर्ने भएका छन । गत असार २२ गते समाचार संकलनमा पुगेका खत्रीलाई सुचना बिभागको कार्ड देखाउँदा देखाउँदै एक प्रहरीले उनीमाथी लाठी र बुट प्रहार गरि क्यामरा तोडफोड र घुँडामा गहिरो चोट हुने गरि घाईते बनाएका थिए ।

प्रहरीको उक्त दुव्यवहारपछि पत्रकार खत्री चितवन जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई भेट्न गएका थिए । एसपी प्रमुखले पत्रकार खत्रीलाई कुट्नु अमानविय ब्यवहार भएको बताएका थिए । कुटपिट गर्ने प्रहरीको तलब काटेर क्षति भएको क्यामरा मर्मत र कुटपिट गर्ने प्रहरीको तलब काटेर भएपनि क्यामरा मर्मत गरिदिने चितवन प्रहरी प्रमुख अधिकारीले पत्रकार सामु प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यो घटना दुखलाग्दो र नहुनु पर्ने घटना भएको भन्दै पत्रकार सामु व्यक्तिगत माफीसमेत मागेका थिए ।

ुपत्रकारले सामाचार संकलन गर्न पाउनु नैसर्गिक अधिकार होु पत्रकार खत्रीले भने, समाचार चित्त नबुझेमा कानुनी उपचार गर्न पाउने पर्याप्त बाटोहरु छन् । तर राज्यले नै पत्रकारलाई नियोजित रुपमा खोजि खोजि कुट्नु निन्दनिय रहेको छ । यसले प्रेस स्वतन्त्रता र निर्वाद रुपमा समाचार संकलन गर्न पाउनु पर्ने पत्रकारहरुको अधिकार कुण्ठित भएको पत्रकार खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर