निशा अधिकारीले मुद्दा हालेपछि अदालतले माग्यो पति शरद भेषवाकरको सम्पत्ति विवरण — OSNepal

निशा अधिकारीले मुद्दा हालेपछि अदालतले माग्यो पति शरद भेषवाकरको सम्पत्ति विवरण

LC (KTM) March 05, 2023 0

काठमाडौं -निशा अधिकारीले अंश मुद्दा दायर गरेपछि काठमाडौंले क्रिकेटर शरद भेषवाकरको सम्पत्तिको विवरण माग गरेको छ। आइतबार जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासमा निशाको निवेदनमाथि सुनुवाइ भएको हो ।

लामो समय प्रेममा बसेर २०७४ असारमा विवाह गरेका यो जोडी अब अलग हुन लागेको बताइउको छ । ०७५ मा उनीहरुबाट छोराको जन्म भएको थियो। निशाले छोरालाई पनि अंश माग गरेकी छन्।

सम्बन्धविच्छेदका लागि छुट्टै मुद्दा दायर गर्नु पर्ने भउकाले अंश मुद्दा दायर गरे पनि उनीहरुको तत्काल सम्बन्धविच्छेद नहुने बताइएको छ । निशाले सम्बन्धविच्छेद नगरी अलगै बस्न चाहेको उनले दिएको निवेदनबाट पुष्टि हुन्छ।यसैले पनि अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको प्रस्टै भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर