सुतिरहेको समयमा छोरीलाई सर्पले टोकेको बाबुआमाले पत्तो पाएनन्, बिहान उठेपछि चल्यो रुवाबासी — OSNepal

सुतिरहेको समयमा छोरीलाई सर्पले टोकेको बाबुआमाले पत्तो पाएनन्, बिहान उठेपछि चल्यो रुवाबासी

LC (KTM) July 10, 2021 0

नवलपुर, २६ असार – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।

राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताउनुभयो । भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्या न गुमाएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर